जंगली हात्तीको आक्रमणबाट दुईको मृत्यू

elephantमोरङ, १७ साउन । मोरङ र सर्लाही जिल्लामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यू भएको छ ।
मोरङको उर्लाबारी–७ बस्ने ६३ बर्षीय तिलकबहादुर राईको जंगली हात्तीको आक्रमणबाट आज (बिहीबार) मृत्यू भएको प्रहरीले जनाएको छ ।
सोही स्थानको बेतिनी सिमसार सामुदायिक बनमा दाउरा काटन गएका बेला जंगली हात्तीले राईलाई आक्रमण गरेका थिए । उनको घटनास्थलमै मृत्यू भएको हो ।
यता, सर्लाहीको ढुंङग्रेखोला–८ मा हात्तीको आक्रमणबाट एक बृद्धाको मृत्यू भएको छ । ८० बर्षीया पूर्णमायाँ मोक्तानको जंगली हात्तीको आक्रमणबाट मृत्यू भएको हो । उनलाई आज (बिहीबार) विहान सवा ३ बजे आफ्नै घरको खाटमा सुतीरहेका बेला जंगली हात्तीले आक्रमण गरेका थिए ।

प्रतिक्रिया