माही गिल आइटममा रमाउँदै

Mahi Gillमुम्बई । बलीउडका अभिनेत्रीहरुको आइटममा आकर्षण बढ्दो छ । चलचित्र अभिनयमा चर्चा कमाएका अभिनेत्रीहरु धमाधम आइटममा रमाउन थालेका छन् ।
चलचित्र देव डी, साहेब बीबी, ग्याङस्टार जस्ता चलचित्रमा अभिनय गरिसकेकी माही गिल आइटम गीतमा रमाउन थालेकी हुन् ।
माहीले ‘जंजीर’को एउटा आइटम गीतमा नृत्य गरेकी छन् । उनले अलग–अलग काम गर्न आफूलाई मन पर्ने गरेको बताईन् । ‘अलग काम गर्ने सिलसिलमा आइट नृत्य पनि गरेकी हुँ,’ माही गिलले भनिन्, ‘डान्समा आफूले चाहे जस्तो ग्ल्यारम प्रस्तुत गर्न सक्छु ।’

प्रतिक्रिया