आन्दोलनरत दललाई वार्तामा ल्याउन सुझाव

rastrapatiकाठमाडौं, १७ साउन । राष्ट्रपति डा.रामवरण यादव र एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा परामर्श भएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज (बिहीबार) भएको भेटमा संविधानसभा निर्वाचन र आचार संहिता कार्यान्वयनका विषयमा परामर्श भएको बुझिएको छ ।
उच्चस्तरीय राजनीतिक समितिका संयोजक समेत रहेका अध्यक्ष दाहालसँग राष्ट्रपति डा.यादवले आन्दोलनरत दललाई वार्ता र सम्वाद मार्फत निर्वाचनमा ल्याउन सुझाव दिए ।
‘निर्वाचन नजिकन थालेको छ,’ राष्ट्रपतिलाई उदृत गर्दै स्रोतले भन्यो, ‘नेकपा–माओवादीसहितका आन्दोलनमा रहेका दलहरुलाई निर्वाचनमा सहभागी गराउने वातावरण मिलाउनुस् ।’
विभिन्न राजनीतिक दलका प्रमुख नेताहरुसँग परामर्श गर्दै आएका राष्ट्रपति डा.यादवले दाहालसँग परामर्श गरेका हुन् ।

प्रतिक्रिया