राम्री नीतालाई फकाउनेको लस्कर

Neeta-Dhunganaकाठमाडौं । चलचित्र क्षेत्रमा कान्छी नायिका नीता ढुङ्गानाको पछिल्लो समय दिन प्रतिदिन चर्चामा चुलिदो छ । चलचित्र ‘नोटबुक’को ‘गाला रातै…’ गीतमा अभिनय पछि त उनका पछि लाग्नेको भिडनै लागेको छ ।
अचेल उनलाई चार कलाकारले पछ्याइ रहेका छन् । ति कलाकार हुन् कलाकार दीपकराज गिरी, शिबहरी पौडेल, जितु नेपाल, सीताराम कट्टेल । यी कलाकारले नीतालाई त्यसै पछ्याएका भने होइन् । चलचित्र ‘छ एकान छ’ अभिनयको सिलसिलामा उनलाई पछ्याएका हुन् ।
चलचित्रमा यी चार जना मुख्य चरित्रमा छन् । नायिकाको भूमिकामा नीता छिन् ।
दर्शकलाई कमेडी चलचित्र दिने उदेश्यले निर्माण गरिएको ‘छ एकान छ’ हाँस्य प्रधान चलचित्र हो । निर्मल शर्माको लगानीमा निर्मित यस चलचित्रलाई दिनेस डिसीले निर्देशन गरिरहेका हुन् । पाँच व्यवसायिक असफल चलचित्र बनाएका निर्मलले यस चलचित्रबाट आफूले ठूलो आश गरेका छन् ।
हाँस्य अभिनेत्री दीपा श्रीले यसमा सह–निर्देशन गरेकी छन् । चलचित्रमा पुरुषोत्तम प्रधानको छायाँकन, शम्भुजित बास्कोटा र राजन ईशानको संगीत छ । द्वन्द्व एनबी महर्जनले दिएका हुन् ।

प्रतिक्रिया