सार्थक निर्वाचनका लागि सबैको सहभागिता : कोइराला

sushilबाँके, १५ साउने । कांग्रेस सभापति सभापति सुशील कोइरालाले असन्तुष्ट दलहरुलाई निर्वाचनमा भाग लिने वातावरण निर्माणका लागि अधिकतम् प्रयास भइरहेको बताएका छन ।
उनले सबै पक्षलाई समेटेर मंसिर–४ गते नै निर्वाचन हुने बताए । गृहनगर नेपालगञ्जमा आज (मंगलबार) पत्रकारसँग कुरागर्दै पुगेका सभापति कोइरालाले सबै राजनीतिक दल निर्वाचनमा सहभागी भएमात्रै सार्थक निर्वाचन हुने बताए ।
उनले आन्दोलनरत दल पनि चुनावमा सहभागी हुने बताए । नेकपा–माओवादीलगायतका दलहरुसंग वार्ता प्रयास भइरहेको कोइरालाको भनाई छ ।

प्रतिक्रिया