गणतन्त्रप्रति अध्यक्ष थापाको ब्याङग्य

Kamal Thapaरौतहट, १५ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल)का अध्यक्ष कमल थापाले ठूला राजनीतिक दलका नेताहरुले घोषणा गरेको गणतन्त्रको जग कमजोर धरातलमा रहेको टिप्पणी गरेका छन् ।
व्यक्तिगत स्वार्थका लागि अदूरदर्शी नेताहरुको गलत निर्णयका कारण देश अन्योलमा फसेको उनले आरोप लगाए । रौतहट जिल्लाको सदरमुकाम गौरमा आज (मंगलबार) पत्रकारसँग कुरागर्दै अध्यक्ष थापाले ठूला भनाउँदा नेताहरुले घोषणा गरेको गणतन्त्रको जग निकै कमजोर रहेको बताए ।
‘कस्तो कमजोर जग भएको गणतन्त्र ल्याएछन् भने पूर्व राजा मन्दिर जाँदा पनि गणतन्त्र हल्लिन्छ,’ उनले भने, ‘राहत बाँड्न जाँदा सुदूरपश्चिमाञ्चल पुग्दा त झन ढले जस्तै हुन्छ ।’
अध्यक्ष थापाले कमजोर गणतन्त्र भन्दै ठूला दलका नेताहरुप्रति व्यङ्ग गरेका छन् ।
‘जवर्जस्ती छलपूर्वक थोपरिएको गणतन्त्र कमजोर हुन्छ,’ अध्यक्ष थापाले भने, ‘पूर्व राजा हिमानी ट्रष्ट मार्फत जनतालाई राहत बाँड्न जाँदा कठपुतली सरकारले प्रतिबन्ध लगाउन खोज्नु दुर्भाग्यपूर्ण छ ।’

प्रतिक्रिया