‘तिम्रो कसम’ साउन–२५ देखि

Poojana Pradhanकाठमाडौं । पारिवारिक प्रेमकथामा आधारित चलचित्र ‘तिम्रो कसम’ साउन–२५ बाट प्रर्दशनमा आउने भएको छ । चलचित्रमा नारी भावना, एक्सन र थ्रिलरलाई समेटिएको छ ।
चलचित्रलाई आइते लामाले निर्माण गरेका हुन् । सुभाष मेचे, दिनेश डिसी, पूजना प्रधान, सुनील थापा, शशि खड्का, ममता प्रधान, अमिर गिरी, दिलिप आचार्य आदिको अभिनय छ ।
दीपक श्रेष्ठको प्रस्तुति रहेको ‘तिम्रो कसम’लाई राघवेन्द्र कार्की, दावाङ तामाङ, आइते लामाले निर्माणमा साथ दिएका छन् । संगीत विकास चौधरी र द्वन्द्व देव मर्जनको छ । चलचित्रलाई दिनेशराज शर्माले निर्देशन गरेका छन् ।

प्रतिक्रिया