निर्वाचन तोकिएकै समयमा हुन्छ : डा.महत

ramsharanनुवाकोट, १४ साउन । कांग्रेसका केन्द्रीय सदस्य डा.रामशरण महतले नेपाली जनता निर्वाचनको पक्षमा रहेकाले मंसिरमा जुनसुकै हालतमा निर्वाचन सम्पन्न हुने दोहर्‍याएका छन् ।
प्रेस युनियन नुवाकोट शाखाले आज (सोमबार) सदरमुकाम विदुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता डा.महतले लोकतन्त्रको आधार नै निर्वाचन भएकाले सवै दल निर्वाचनमा सहभागी हुनुपर्ने बताए ।
‘नेकपा–माओवादी लगायत दल पनि निर्वाचनमा सहभागी हुने छन्,’ उनले भने, ‘लोकतन्त्र स्वीकार गर्ने जुनसुकै दलले निर्वाचनमा गएर जनमत लिनु पर्छ ।’
डा.महतले कांग्रेसले निर्वाचनका लागि सम्पूर्ण आन्तरिक तयारी पूरा गरिसकेको बताए । उनले अन्य दलहरुले पनि निर्वाचनका लागि ईमान्दारिता देखाएमा घोषित मितिमा निर्वाचन सम्पन्न गराउन कठीनाई नहुने बताए ।

प्रतिक्रिया