आस्थालाई मिस ग्लोवल इन्टरनेशनल

Miss Global 2013काठमाडौ । मिस ग्लोबल इन्टरनेसनल–२०१३ को उपाधि आस्था मानन्धरले जितेकी छन् ।
मोडल ग्लोवल भिसाज् कन्सल्टेन्सीले आइतबार राजधानीको आर्मी अफिसर्स क्लवमा आयोजना गरेको प्रतियोगिताको तेस्रो संस्करणको फाइनलमा आस्थाले उपाधि जितेकी हुन् । उनले आफ्ना २७ प्रतिस्पर्धी सुन्दरीलाई पछि पार्दै वेस्ट वाकसहित शीर्ष उपाधि जितेकी छन् ।
उत्कृष्ट पाँचमा परेकी आस्थालाई जज प्यानलका डिआइजी नवराज सिलवालले महिला हिंसा कसरी न्यून गर्न सकिन्छ भन्ने प्रश्न सोधेका थिए । उनले महिला हिसा अन्त्य गर्नका लागि हरेक परिवार सजक हुनुपर्ने जवाफ दिएकी थिइन् ।
आस्थाले शीर्ष उपाधिसँगै नगद दुई लाख र बिदेश पढ्न जानका लागि प्लेन टिकेट प्राप्त गरेकी छन् । उनले जापानमा यसै वर्ष आयोजना हुने मिस इन्टरनेशलन ग्लोबल–२०१३ मा नेपालको प्रतिनिधित्व गरेर भाग लिने छिन् ।
माल्भिका सुब्बाले कोरियोग्राफी गरेको प्रतियोगिताको निर्णायकमा प्रहरी नायब महानिरीक्षक नवराज सिलवाल, बैंकर रुबीना जोशी, अभिनेता सवीन श्रेष्ठ, फोटोग्राफर राजभाई सुवाल र आयोजक सास्थाकी प्रबन्ध निर्देशक सोनिया रावल थिईन् ।
प्रतियोगितामा उरीषा जोशीले मिस पर्सनालिटीसहित फस्ट रनरअपको उपाधि जितिन् भने सव्रिना खड्का मिस मार्केटिङ सहित सेकेन्ड रनरअप भइन् । फस्टरनरअप र सेकेन्ड रनरअपले एअर टिकटसहित क्रमश ८० र ४० हजार रुपियाँ नगद पुरस्कार प्राप्त गरे ।

प्रतिक्रिया