बलात्कार आरोपमा पक्राउ

balatkarउदयपुर । पाँच वर्षीया बालिका बलात्कार गरको आरोपमा प्रहरीले उदयपुरको त्रियुगा नगरपालिका–१५ मा एकजनालाई पक्राउ गरेको छ ।
स्थानीय १५ बर्षीय सुवास मगरलाई आज (आइतबार) पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका नायव उपरीक्षक लोकेन्द्र श्रेष्ठले जानकारी दिए ।
मगरलाई घरमै लुकेर बसेको अवस्थामा गाउँलेले पक्राउ गरेर प्रहरीमा बुझाएका हुन् ।
बलात्कारका कारण बालिकाको गुप्ताङ्गकमा चोट लागेको छ । चोटले गर्दा दुखेर पीडा सहन नसक्ने भएपछि अभिभावकले सोध्दा बालिकाले आफूलाई जवरजस्ती गरेको जानकारी दिएकी हुन् ।

प्रतिक्रिया