निर्वाचन नचाने शक्ति बिलाउने छ : देउवा

Sher-Bd-Deuba-ji-1भक्तपुर, १२ साउन । कांग्रेसका नेता शेरवहादुर देउवाले निर्वाचन नचाहने शक्तिहरु मुलुकबाट बिलाएर जाने चेतावनी दिएका छन् ।
नेपाल दलित संघको जिल्ला अध्यक्ष तथा सचिवहरुको भेलालाई आज (शनिवार) भक्तपुरको नगरकोटमा सम्वोधन गर्दै देउवाले अहिले नेपाली जनताले निर्वाचन चाहेकाले निर्वाचनमा नजाने दलहरुको औचित्य समाप्त हुने बताए । ‘निर्वाचन नचाहने शक्ति विलाएर जानेछ,’ उनले भनेका छन्, ‘निर्वाचनबाट कोही पनि दल भाग्नु हुँदैन ।’
निर्वाचनमा नजाने दलहरुलाई जनताले उनीहरुको हैसीयत देखाईदिने देउवाको भनाई थियो । उनले निर्वाचनबाट टाडिँदै गएका दलहरुलाई निर्वाचनमा आउन पनि आग्रह गरे ।
जनताको सबै भन्दा ठूलो अधिकार मतदान भएको बताएका नेता देउवाले यसलाई कसैले रोक्न नसक्ने बताए ।
संघले ७५ जिल्लाका आफ्ना अध्यक्ष र सचिवको नगरकोटमा आयोजना गरेको हो । भेला आइतवारसम्म चल्ने छ ।

प्रतिक्रिया