‘मधेसका नेताले मधेसलाई ठगेका छन्’

JPकाठमाडौं, १२ साउन । तराई मधेस राष्ट्रिय अभियानका नेता जयप्रकाश प्रसाद गुप्ताले आफू अर्धमूमिगत नरहेको बताएका छन् ।
‘म अर्धभूमिगत भएको छैन,’ उनले भनेका छन्, ‘प्रहरीले मलाई निगरानी गरेको महसुस भएको छैन ।’
सामाजिक सञ्जाल फेसबुकमा आज (शनिबार) स्टाटस लेखेर गुप्ताले आफू शान्तिपूर्ण बाटोमा नै रहने बताएका हुन् । ‘सशस्त्र बाटोमा लाग्दिन,’ उनले भनेका छन् ।
उनले मधेसी मोर्चामा आबद्ध पाँच दलले मधेसका माग विपरीत सत्ताका लागि सरकारसँग सम्झौता गरेको, मधेसी जनतामाथि अपराध गरेको, मधेसका मुद्दालाई बेवास्ता गरेको आरोप पनि दोहर्‍याएका छन् ।
नागरिकताको समस्या र जनसंख्याको आधारमा क्षेत्र निर्धारणजस्ता मागलाई बेवास्ता गरेकाले आफू मधेसी मोर्चाका पाँच नेता विरुद्ध उत्रन मधेसी जनतालाई आह्वान गरेको गुप्ताले जनाएका छन् ।
‘मधेसका नेताले मधेसलाई ठगेका छन्,’ नेता गुप्ताले भनेका छन्, ‘जनता मधेसी मोर्चाका नेताहरुविरुद्ध आक्रोशित भएका छन् ।’
मधेस अभियानका नेता गुप्ताले मधेसका मुद्दा सम्बोधन नभएसम्म चुनावमा भाग लिने पनि दोहर्‍याएका छन् । (फाईल तस्विर)

प्रतिक्रिया