सक्छौ भने आफै वितरण गरौं

पूर्व राजा र उनको परिवारले संकलन गरेको राहत सामाग्री वितरणमा सरकारले रोक लगाउने प्रयास गरेर राम्रो गरेको छैन । कुनै नागरिकले प्राकृतिक विपत्तिमा परेकालाई सहयोग गर्छु भन्दा सहयोग गर्न पाउनु पर्छ ।
मानवीय सहायतालाई कुनै पनि वाद वा बारले छेक्नु हुँदैन । पूर्व राजा यो मुलुकका नागरिक हुन् । उनले संकलन गरेका सामाग्री पीडित समक्ष पुग्न पाउनु पर्छ । आउँदा दिनमा कुनै पनि नागरिकलाई यस्ता सहयोग गर्दा अबरोध हुनु हुँदैन ।
सरकार र ठूला राजनीतिक दलका नेता हौं भन्नेहरुले आफूले गर्नु पर्ने काम पूर्व राजा र उनको संस्थाले गर्दा विरोध गर्नुको कुनै अर्थ छैन । सक्छन् भने विरोध गर्नेहरुले पीडितलाई राहत वितरण गरेर देखाउनु पर्छ ।
हिमानी ट्रष्टको सराहनीय कार्यलाई सबैले प्रशंसा र सहयोग गर्नु अनिर्वाय छ । कुनै नेपाली भोकै र असाह्य भएर बसेको छ भने उसलाई सहयोग गर्ने सबैको दायित्व हो ।
निर्वाचन आचार संहिता देखाएर पूर्व राजा र हिमानी ट्रष्टलाई अबरोध सृजना गर्नु कुनै तर्कसँगत छैन । पूर्व राजाले आचार संहिता लागू हुनु अगावै राहत सामाग्री वितरणको कार्यक्रम राखेका थिए । यो कुरा सबैले ध्यान दिनु पर्छ ।

प्रतिक्रिया