ट्रेडयुनियन कांग्रेसको कार्यालय घेराउ

ntucकाठमाडौं, १२ साउन । नेपाल यातायत मजदुर संघका असन्तुष्ट पक्षले नेपाल ट्रेडयुनियन कांग्रेस स्वतन्त्र राष्ट्रिय समितिको कर्यालय घेराउ गरेको छ ।
शुक्रबार ट्रेड युनियन आवद्ध नेपाल यातायत मजदुर संघको कार्यालय घेराउ गरेको हो ।
संघले २०६९ चैत्र–२ र ३ गते इटहरीमा गरिएको एकपक्षीय कथित अधिवेशनले वास्तविक मजदुरमाथि आघात पुर्‍याएको र नेपाल यातायत मजदुर संघका तत्कालीन वरिष्ठ उपाध्यक्ष सीताराम खत्री, उपाध्यक्ष मिलन रन्जीत र कोषाध्यक्ष प्रद्युन्न कार्कीलाई औपचारीक रुपमा जानकारी समेत नगराई कारवाही गरेको आरोप लगाएको छ ।
संघको लामो समयदेखिको विवाद कायम छ । इटहरीमा भएको अधिवेशनले वास्तविक मजदुरलाई पाखालगाएको असन्तुष्ट पक्षको भनाई छ ।

प्रतिक्रिया