नेकपा–माओवादीद्वारा निरौलालाई कारबाही

Bhumi raj Niraula - ncp- Maobadiकाठमाडौं, ११ साउन । नेकपा–माओवादी निकट ‘राष्ट्रिय युवा जनस्वयं सेवक’ले चुरे भावर लोकतान्त्रिक पार्टीका अध्यक्ष भूमिराज निरौलालाई सामाजिक कारबाही गरेको जनाएको छ ।
जनस्वयं सेवकद्वारा जारी विज्ञप्ति अनुसार निरौला विभिन्न अपराधिक कार्यमा संलग्न रहेकाले कारबाही गरिएको जनाएको हो । निरौलालाई आज (शुक्रबार) विहान ९ बजेर ४५ मिनटमा तीनकुनेस्थित कान्तिपुर पब्लिकेशन नजिकै सडकमा कारबाही गरेको जन्मदेव जैशीले जनाएका छन् ।
जैशीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लखेर निरौलालाई सामाजिक कारबाही गरेको जनाएका हुन् । जनस्वयं सेवकका कार्यकर्ताले निरौलाको मोटर साईकल ढोलेर रोकी कालो मोसो लगाउने प्रयास गरेको प्रत्यक्षदर्शीले जनाए ।
नेकपा–माओवादी र उस्को जनस्वयं सेवकले अध्यक्ष निरौलालाई नौं वटा आरोप लगाएको छ । यस अघि पनि नेकपा–माओवादीले अध्यक्ष निरौलासँग जग्गा कारोबारमा रकम लेनदेनमा कुरा नमिले पछि अपहरण गरेर कारबाही गरिसकेको छ ।
राजनीतिक आवरणमा भूमाफिया सञ्चालन गरेको, सुनसरी ईटहरी–५ का भक्तिविलास निरौलाको लाख, ईटहरी–४ का सुरेन्द्र कटवालको २ लाख ८० हजार, ईटहरी–४ का तारा निरौलाको २५ लाख ७६ हजार १ सय ६०, बरगाछी–६ का उद्धव पोखरेलको २ लाख ५० हजार, काठमाडौं महानगरपालिका–३३, बानेश्वरका रवि विक्रम शाहको दुई करोड र बालकुमारी ललितपुरका सन्तुराम भट्टराईको ६ लाख पचास हजार रकम हिनामिना गरेको आरोप नेकपा–माओवादी र जनस्वयं सेवकको छ ।
Bhumiraj Niraulaत्यसै गरी, नेकपा–माओवादीले काठमाडौं चावहिलकी ३० वर्षीय शर्मिला कार्कीलाई पत्नी बनाई बेपत्ता बनाएको, दर्जर्नौ युवतीलाई यौन दुरव्यवहार गरेको तथा सप्तरी, महोत्तरी र काठमाडौमा ठगी गरेको एवं जागिर लगाउने भन्दै रकम उठाउने गरेको आरोप पनि लगाएको छ । (तस्विर सौजन्य जन्मदेव जैशी)

प्रतिक्रिया