विरोध गर्नेहरु नै भारतको चाकरीमा : ढुंगाना

Aananda Dhunganaभक्तपुर, ११ साउन । कांग्रेसका केन्द्रीय सदस्य एवं संगठन विभाग प्रमुख आनन्दप्रसाद ढुंगानाले बोलीमा भारतको बढी नै विरोध गर्ने दलहरुलेनै भारतको चाकरीमा लागेको बताएका छन् ।
ढुंगानाले भारतको विरोध गर्ने केही दलका नेताहरु नै भरतको चाकरीमा लाग्ने गरेको बताए । वीपी स्मृति दिवसका अवसरमा आज (शुक्रबार) भक्तपुरमा आयोजित कार्यक्रममा ढुगांनाले निर्वाचनमा माओवादी पहिलो शक्ति भए संविधान फेरि पनि नबन्ने बताए ।
नेपालका कम्युनिष्ट पार्टीका नेताहरुले माक्र्सले कल्पनासम्म नगरेको जातीयताको कुरा उठाएको बताउँदै उनले माक्र्सले वर्गसंर्घषको कुरा मात्र उठाएको बताए ।
‘जातीय राज्यकै कारणले गर्दा रसिया सत्र वर्ष भित्र टुक्रा–टुक्रा भएजस्तै नेपाल पनि सोहि दिशातर्फ अग्रसर नहोला भन्न सकिदैन,’ उनले भने ।

प्रतिक्रिया