तामाकोशीका कर्मचारी नियन्त्रणमा

दोलखा । दोलखास्थित माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको अस्वभाविक रुपमा लागत र समय बढाउने खेल गरेको भन्दै स्थानीयले सिंगटीमा आयोजनाका कर्मचारी र गाडी नियन्त्रणमा लिएका छन् ।
बुधबार दिउँसो सिंगटीका स्थानीयले १२ कर्मचारीलाई दुई घण्टा नियन्त्रणमा लिएर छाडेका हुन् ।
कांग्रेस दोलखाका सभापति ताराबहादुर कोइरालाले आयोजनाको सुरुङको डिजाइन परिवर्तन गरेर आयोजनाको समय र लागत बढाई डुबाउने खेलमा लागेको आरोप लगाए ।
उनले परामर्शदाता विदेशी कम्पनी आयोजनाको हितविपरित क्रियाशील रहेको भन्दै कारबाही गर्नु पर्ने माग गरे ।
सस्तो आयोजनालाई विभिन्न बहानामा समय र लागत बढाउने खेल गरेको आरोपमा स्थानीयले परामर्शदाताका माथिल्ला कर्मचारीलाई आयोजनास्थलमा प्रवेशमा रोक लगाउने चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया