मुलुक भरिको मतदाता नामावली सार्वजनिक

Elecatation-Commisionकाठमाडौं, ८ साउन । निर्वाचन आयोगले मंसिर ४ गतेको संविधानसभा निर्वाचनका लागि संकलन गरेको फोटोसहितको मतदाता नामावली देशभर एकसाथ सार्वजनिक गरेको छ ।
देशका सबै गाविस र नगरपालिकाको वडा कार्यालयमा आयोगले आज (मंगलबार) प्रारम्भीक नामावली सार्वजनिक गरेको हो ।
सम्बन्धित गाविस र वडामा आफूले भरेको फाराम अनुसारको मतदाता सूची हेर्न पाइने छ । नामावली चार हजार सात सय २१ स्थानमा प्रकाशित गर्ने व्यवस्था आयोगले मिलाएको थियो ।
निर्वाचनका लागि १ करोड २३ लाख ८ हजार मतदाताले फोटोसहितको नामावलीमा नाम दर्ता गराएका छन् ।
प्रकाशित मतदाता नामावलीमा कुनै त्रुटी भएमा सच्चाउन, दर्तामा रहेको स्थायी ठेगाना परिवर्तन भएको भए मिलाउन साउन–१२ गतेसम्मको समय दिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया