एमालेद्वारा समाजवादी चिन्तनमा लाग्न सुझाव

Jn-Khanal-Souryadailyकाठमाडौं, ७ साउन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ३५ औं स्मृति दिवस एमालेलगायतका कम्युनिष्ट पार्टीहरुले विभिन्न कार्यक्रम गरेर मनाउँदै छन् ।
कीर्तिपुरस्थित पुष्पलाल स्मृति पार्कमा विशेष कार्यक्रम गरेर शुभेच्छुकहरुले पुष्पलालको स्मरण गरेका छन् । कार्यक्रममा एमालेका शीर्ष नेताहरुले पुष्पलालको शालिकमा माल्यार्पण गरेका थिए ।
एमाले अध्यक्ष झलनाथ खनालले पुष्पलालले समाजवादको बाटो देखाएको बताए । उनले उग्रवामपन्थीधार छाडेर समाजवादी चिन्तनमा लाग्न मुलुकका अन्य कम्युनिष्ट पार्टीहरुलाई सल्लाह दिए ।
वरिष्ठ नेता माधवकुमार नेपालले इतिहासबाट पाठ सिकेर मात्र वर्तमानमा आफूलाई सुधार्न सकिने बताए । पुष्पलालले नेपालमा नमूना कम्युनिष्ट सिद्धान्त लागू गरेको उनले बताए ।

प्रतिक्रिया