कस्ले भन्यो म गल्यामर्स छैन

Sonakshi-Sinhaसोनाक्षी सिन्हाले आफ्नो लुकले सधैं आफ्नो फिल्मी करियरलाई साथ नदिने बताएकी छन् । सोनाक्षीले आफू गल्यामर्समा पनि जम्न सक्ने दाबी गरेकी छन् । उनले आवश्यक्ता परे गल्यामर्स दिन पनि तयार रहेको बताईन् ।
फिल्म ‘लुटेरा’को सफलता पछि सोनाक्षीको खुसीको ठेगाना छैन । ‘लुटेरा’मा उनको अभिनयको खुबै प्रशंसा गरिएको छ ।
उनको अर्को फिल्म ‘वन्स अपॉन ए टाइम इन मुम्बई दोबारा’ रिलिजको अन्तिम तयारीमा छ । आफ्नो लुकले सो फिल्ममा कुनै असर नपर्ने सोनाक्षीको भनाई छ । ‘आबस्यक परेमा गल्यामर्स रोल गर्छु,’ सोनाक्षीको भनाई छ ।
‘लुटेरा’मा आफ्नो भूमिका खुब आत्मसात गरेर गर्नु भएको देखिन्छ नि ?
–फिल्ममा मेरो अभिनय राम्रो छ भने यसको श्रेय विक्रमादित्य मोटवाने र उनको स्क्रिप्टलाई जान्छ । यो फिल्म मेरा लागि केही कठीन थियो । फिल्म एक साहित्यिक कहानीमा छ । कहानीको परिवेश पनि पचासको दशकको छ । मलाई मेकअप पनि खुब धेरै गर्नु पर्‍यो ।

उस्तै उमेरका रणवीर सिंहसँग तपाईको जोडी दर्शकले मनपराए नि । अर्को तर्फ अक्षय कुमार, सलमान खान, अजय देवगन र सैफ अली खान पनि तपाईकै हीरो हुन् है ?
–यो त मेरा लागि धेरै राम्रो हो । मलाई आफ्ना सीनियर्ससँग धेरै सिक्न मिल्छ । सबै सीनियर्सको व्यवहार मेराप्रति धेरै आत्मीय हुन्छ । यो सहि हो । बराबरको उमेरको हीरोसँग काम गर्नुको मजा अलग छ ।

तपाईलाई लाग्दैन विशुद्ध भारतीय महिलाको लुक पछि समस्या त हुँदैन ? आज गल्यामर्स हीरोइनको दबदबा छ ?

–कस्ले भन्यो म गल्यामर्स छैन भनेर । मेरो सुन्दरता भारतीय किसिमको छ । मैले अल्ट्रा मोर्डन बन्ने विषयमा विश्वास गर्दिन । म जस्ता हीरोइनका लागि कामको कमी पनि छैन ।

‘वन्स अपॉन ए टाइम इन मुम्बई दोबारा’मा तपाई जास्मीनको रोलमा ‘राम तेरी गंगा मैली’की हीरोइन मन्दाकिनीको रोलमा गर्दै हुनु हुन्छ रे ?
–मैले यस फिल्म जुन अभिनय गरेको छु, त्यो स्क्रिप्टको हिसाबले अभिनय गरेको छु । मलाई निर्देशक मिलनजीले कहिले पनि मेरो रोल मन्दाकिनीमा आधारित छ भन्नु भएको छैन ।
‘लुटेरा’ जस्तै ‘वन्स अपॉन ए टाइम इन मुम्बई दोबारा’ पनि एकै प्रकारका फिल्म हुन् ?
–दुबै फिल्ममा जमीन–आसमानको फरक छ । ‘वन्स अपॉन ए टाइम इन मुम्बई दोबारा’ ग्याङ्गस्टर फिल्म हो । जस्मा प्रेमको मीठास छ ।

प्रतिक्रिया