संविधानसभा निर्वाचनलाई असहयोग गरौं

elecation commition 1काठमाडौं, ५ साउन । नेकपा–माओवादीको नेतृत्वमा रहेको ३३ दलीय मोर्चाले आमसहमति विना हुन लागेको निर्वाचनमा असयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई अपील गरेको छ ।
यथाअवस्थामा चुनाव मंसिर–४ गते हुन नसक्ने मोर्चाको भनाई छ । ‘विदेशी आप्रवासीहरुलाई नागरिकता दिने, नेपालीलाई अल्पमतमा पार्ने, कुटनैतिक निकायहरुबाट काम भईरहेको छ,’ ३३ दलीय मोर्चाले आरोप लगाएको छ, ‘सो कार्य नगर्न अपील गर्छौं ।’
निर्दलीय र असंवैधानिक सरकारले घोषणा गरेको निर्वाचनले देशमा राजनीतिक निकाश नदिने नेकपा–माओवादीका सचिव देब गुरुङले जारी गरेको अपीलमा उल्लेख छ ।
‘कुनै पनि कुटनीतिक निकायहरुबाट नेपालको आन्तरिक मामिलामा हस्तक्षेप हुने गरी नेपाली जनताको राष्ट्रिय स्वाभिमान र लोकतान्त्रिक पद्धति समेतलाई गम्भीर आँच पुर्‍याउने खालको अलोकतान्त्रिक विधि अपनाएर संविधान बन्ने सुनिश्चित छैन,’ अपीलमा भनिएको छ, ‘अलोकतान्त्रिक निर्वाचनलाई सर्मथन नगरियोस् भनी सबै कुटनीतिक निकायहरुसँग हार्दिक अपील गर्न चाहन्छौ ।’
कार्यदलका सदस्य प्रकाश अधिकारीले निर्वाचनमा असहयोग गर्न ३३ दलीय मोर्चाले गरेको अपीललाई कुटनीतिक निकायहरुले बुझ्ने विश्वास लिएको बताए ।
सचिव गुरुङले मित्रराष्ट्रका कुटनीतिक व्यक्तिहरुले निर्वाचन बारे दिएका अभिव्यक्ति नेपालको आन्तरिक मामलाको हित विपरीत भएको बताए ।
‘चार राजनीतिक शक्तिका नेताका कारण अन्तरिम संविधान ध्वस्त पार्ने कार्यक्रममा विदेशीको समर्थन भएको छ,’ गुरुङले भने ।
३३ दलको अपील सबै कुटनीतिक निकायको कार्यालयमा पुर्‍याउने गुरुङले जानकारी दिए ।

प्रतिक्रिया