‘मंसिर–४ को निर्वाचन आत्मघाती हो’

Dev-Gurungपाल्पा, ४ साउन । नेकपा–माओवादीका सचिव देव गुरुङले आगामी मंसिरमा हुने दोश्रो संविधानसभा निर्वाचन आफूहरुले वहिष्कार गर्ने दोहोर्‍याएका छन् ।
उनले भारतीय डिजाईनमा राष्ट्रघाती निर्वाचन हुन लागेको दाबी गरे । ‘भारतीय डिजाईनमा हुन लागेको निर्वाचनमा हामी साँक्षी भएर बस्दैनौ,’ उनले भने ।
पाल्पाको तानसेनमा आज (शुक्रबार) आयोजित पार्टीको मगराँत राज्य समितिको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रममा गुरुङ नेपाली जनतालाई झूटो आश्वासन देखाएर निर्वाचनको माध्यमबाट वैधानिक रुपमा नेपाललाई भारतीयले कब्जा गर्न लागेको बताए ।
‘मंसिर–४ को निर्वाचन आत्मघाती हो,’ उनले भने, ‘यो निर्वाचनमा सहभागी हुनु भनेको दलाललाई जिताउनु अनि मुलुकलाई सिक्किमीकरण गराउनु हो ।’
निर्दलीय सरकार भारतीयकै डिजाइनमा बनेको आरोप लगाएका गुरुङले भने, ‘निर्वाचन सम्पन्न भएपछि नेपाली आमाको छातीमा छुरी धस्ने तयारीमा भएको छ ।’
उनले जवरजस्ती निर्वाचन गराए त्यसको सशक्त प्रतिकार गर्ने चेतावनी दिए ।

प्रतिक्रिया