बजेट राष्ट्रिय हित विपरीत : साना दल

काठमाडौं, ३ साउन । निर्वाचनको विरोधमा उत्रिएका ३३ दलसहितका साना दलले सरकारले जारी गरेको बजेट भारतपरस्थ भएको आरोप लगाएका छन् ।
मिडिया इन्टरनेसनलले आज (बिहीबार) काठमाडौंमा गरेको कार्यक्रममा उनीहरुले बजेट लगानी मैत्री नभएको, उत्पादनमुखि र राष्ट्रिय हित विपरीत रहेको आरोप लगाए ।
जनमोर्चा नेपालका महासचिव साध्यबहादुर भण्डारीले राष्ट्रिय पुंजीको विरुद्धमा बजेट ल्याइएको भन्दै बजेट भ्रष्टहरुका लागि उत्तम बनाइएको बताए ।
मधेसी जनअधिकार फोरम नेपालका महासचिव रामसहाय प्रसाद यादवले बजेट मधेसको हित विपरीत आएको बताए । उनले बजेटलाई आफूहरुले कुनै पनि हालतमा स्वीकार गर्न नसक्ने बताए ।

प्रतिक्रिया