‘मलाई राजनीतिक कारणले फसाईयो’

Ganesh-Lamaकाठमाडौं, ३ साउन । अपराधिक गतिविधीसहित अबैध सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा खेपिरहेका मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य गणेश लामा डिल्लीबजार कारागार चलान भएका छन् ।
विशेष अदालतले माग गरेको तीन करोड रुपियां धरौटी बुझाउन नसके पछि लामालाई थुनामा पठाईएको हो । लामालाई डिल्लीबजार करागारमा थुनिएको छ ।
विभिन्न अपराधिक गतिविधीमा संलग्न रहेको आरोपमा यस अघि लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य लामा पटक पटक प्रहरी फन्दामा परिसकेका छन् ।
पत्रकारसंग संक्षिप्त कुरा गर्दै लामाले सुनियोजित रुपमा आफूलाई फसाएको दाबी गरे । उनले भने, ‘मलाई राजनीतिक कारणले फाईयो ।’ लामा फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छेदारका विश्वास पात्र हुन् ।
सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले लामासहित पाँचजना अपराधिक समूहमा संलग्नहरु विरुद्ध जेठ ३ गते विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।
लामाले अवैध रुपमा लामालाई २७ करोड १ लाख ६१ हजार अवैध रुपमा कमाएको आरोप विभागले लगाएको छ ।

प्रतिक्रिया