पूर्व पतिपत्नीका दुई चलचित्र भिड्ने

Rekha Thapa Cellrotiकाठमाडौं । अभिनेत्री रेखा थापाको चलचित्र ‘काली’ र ‘बाघ’ निर्माता छबिराज ओझाको ‘लोफर’ भिड्ने लगभग निस्चित भएको छ ।
नायिका तथा निर्मात्री रेखा थापाले आफ्नो चलचित्र ‘काली’को एउटा गीतको भिडियो सार्वजनिक गरेकी छन् । ‘स्लोली स्लोली…’ बोलको गीत रेखाले सार्वजनिक गरेकी हुन् ।
बसन्त सापकोटाको संगीत रहेको गीतमा प्रल्हाद तिमल्सिना र मिलन अमात्यले स्वर दिएका छन् । शब्द, रचना भने अमृता नेपालको हो ।
‘काली’को सो भिडियोमा अभिनेत्री रेखा थापा र नायक किशोर खतिवडालाई आर्कषक रुपमा नृत्य गराईएको छ ।
गीतका दृश्य वीरगञ्ज आसपासका क्षेत्रका हुन् । ‘काली’लाई सवीर श्रेष्ठले निर्देशन गरेका छन् । चलचित्रमा रेखाको मुख्य भूमिका छ । चलचित्रको हाल पोष्ट प्रोडक्सनको काम भैरहेको छ । ‘काली’की निर्माता रेखाकी आमा सरस्वती थापा हुन् ।
उता, नेपाली चलचित्रका राम्रा निर्माताका रुपमा लिईने रेखाका पूर्व पति छविराज ओझाले पनि आफ्नो पछिल्लो चलचित्र ‘लोफर’लाई प्रदर्शनको तयारी नजिक पुराएका छन् ।
झण्डै बर्ष दिनअघि छविसंग पारपाचुके गरेकी रेखाले आफ्नै होमप्रोडक्सनमा ‘काली’ निर्माण गरेकी हुन् । छविले पनि रेखासंगको सम्बन्ध पछि ‘लोफर’ बनाएका हुन् ।

http://www.youtube.com/watch?feature=player_detailpage&v=yaiC6UXqyMA

प्रतिक्रिया