सिराहामा कपडा व्यवसायीको घाँटी रेटी हत्या

Hatya 2सिरहा, ३ साउन । सिरहा जिल्लाको मिर्चैया–२, रामनगरमा अज्ञात समूहले एकजना कपडा व्यवसायीको हत्या गरेको छ ।
स्थानीय ५५ वर्षीया गुरुशरण साहलाई आज विहान (बिहीबार) एकबजेट अज्ञात समूहले घाँटी रेटी हत्या गरेको प्रहरीले जनाएको छ । घरमै सुतिरहेका साहलाई ५–६ जनाको समूहमा आएका नकावधारीले घाँटेरे भागेका थिए ।
मिर्चैया बजारमा कपडा व्यवसाय गर्दै आएका साहको हत्याका विषयमा अनुसन्धान शुरु गरिएको प्रहरी भनाई छ ।
यसैबीच, प्रहरीले हत्याको घटनामा संलग्न रहेको आशंकामा परिवारकै केही सदस्यलाई पक्राउ गरेको छ । साहको हत्या हुँदा समेत आफन्त चुपलागेर बसेकाले प्रहरीले उनीहरु माथि आशंका गरेको हो ।

प्रतिक्रिया