राजनीतिक समिति विघठनको माग

Kamal-Thapaकाठमाडौं, २ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले चार राजनीतिक शक्तिको ‘सिण्डिकेट’को औचित्य गर्न माग गरेका छन् ।
काठमाडौंमा आज (बुधबार) आयोजित कार्यक्रममा थापाले चार राजनीतिक शक्तिले सर्वदलीय बैठक बोलाउनुको औचित्य नभएको बताए । ‘चार दलीय समिति तत्काल खारेज गर्नु पर्छ,’ उनले भने, ‘समिति खारेज गर्न राष्ट्रपति र सरकारले विशेष पहल गर्नु पर्छ ।’
उनले दलीय समिति आयोजक हुने कुनै पनि बैठक वैधानिक नहुने बताए । ‘समिति खारेज नभएसम्म निर्वाचन निष्पक्ष हुन पनि सक्दैन,’ उनले भने ।

प्रतिक्रिया