ढल्कदो ‘कोमल दिदी’को जोवन

Komal Oliकाठमाडौं । कोमल स्वरकी धनी कोमल ओली पछिल्लो समयमा पनि उत्तिकै सक्रिय छिन् कला, गीत/संगीतको क्षेत्रमा । उनलाई अहिले नजिकिँदै गरेको तिजको भ्याई नभ्याई छ ।
आफ्ना र अरुका म्युजिक भिडियोहरुमा अभिनय गरिरहेकी छन्, कोमल । उनका सहयोगीहरुका अनुसार कोमललाई म्युजिक भिडियो र अन्य सांगीतिक कार्यक्रममा भाग लिँदैमा भ्याईनभ्याई छ ।
झण्डै पाँचदशक उमेरको आसपास रहेकी कोमलको अनुहारमा केही परिवर्तन भने भएकै छ । उनको यो पछिल्लो तस्विरले पनि उनलाई उमेरले केही साथ छोडेको समक्षीहरु बताउँछन् ।
केही दिन अघि आफैले सामाजिक सञ्जाल फेसबुकमा ओपलोड गरिएको कोमलको तस्विरले उनको जवानीलाई चुनौती दिएको छ । यो उमेरसम्म आउँदा पनि कोमलले विवाह भने गरेकी छैनन् ।
राजधानीमा आफन्तका साथ बस्दै आएकी कोमललाई कुकुर खुबै मन पर्छ । उनले आफैले पालेका कुकुरसँग पनि बेलाबखत तस्विर खिचेर फेसकबुकमा अपलोड गर्ने गर्छिन ।
जे होस स्वरकी धनी कोमलको स्वरमा कुनै असर नपरे पनि उमेर र रुपले केही साथ छोडेको उनका सामर्थको बुझाई छ । (तस्विर फेसबुक)

प्रतिक्रिया