शान्ति मिशनमा तीन नेपाली सैनिकहरु घाईते

Nepal-Armyकाठमाडौं, ३१ असार । कंगोमा शान्ति स्थापनार्थ खटिएको नेपाली सेनाका तीन नेपाली सैनिक घाईते भएका छन् ।
संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ कार्यको लागि कंगमा तैनाथ श्री भैरवीदल गण १८ औं डफ्फामा खटिएका श्री नारायण दल गणका ३ जना सैनिकहरु आइतबार विहान घाईते भएका हुन् ।
गस्तिमा जाने क्रममा गणको हेडक्वाटर माभीभीबाट उत्तर तर्फ पर्ने माबाओ भन्ने ईलाकामा ‘एलिड डेमोक्रेटिक फ्रन्ट’ भन्ने विद्रोही समूहको एम्बुसमा परी तीनजना नेपाली सैनिक घाईते भएको सैनिक जनसम्पर्क निर्देशनालयद्वारा आज (सोमबार) जारी विज्ञप्तिमा उल्लेख छ ।
टोली गण रहेको स्थान भन्दा १ सय किलो मिटर उत्तर पूर्वमा पर्ने कंगो ईलाकातर्फ गस्ती जाने क्रममा माबाओबाट १० किलोमिटर पूर्व लागेपछि नेपाली सैनिक एम्बुसमा परेका थिए ।
विद्रोहीको आक्रमणबाट एउटा ल्याण्ड क्रुजर गाडी र एउटा माईन सुरक्षा सम्बन्ध गडीमा क्षति पुगेको छ । हाल उक्त ईलाकामा संयुक्त राष्ट्रसंघीय फौज परिचालित रहेका छन् । घाईते सैनिक जवानहरुको अवस्था खतरामुक्त रहेको विज्ञप्तिमा जनाईएको छ । घाईते नेपाली सैनिक जवानहरुको नाम खुलाईएको छैन । (फाईल तस्विर)

प्रतिक्रिया