प्रहरी सहायक निरीक्षकमा नयाँ भर्ना आह्वान

nepal_policeकाडमाडौं, ३० असार । नेपाल प्रहरीले आफ्नो रिक्त सहायक निरीक्षक पदमा दर्खास्तका लागि सार्वजनिक सूचना जारी गरेको छ ।
प्रहरी मुख्यालय नक्सालले आज (आइतबार) सूचना जारी गरेर विभिन्न कारणले रिक्त रहेको प्रहरी सहायक निरीक्षक (प्रशासन) पद खुल्ला प्रतियोगिताका लागि दरखास्त आह्वान गरेको हो ।
आवेदनमा समावेशिता अनुसार पूर्ति गरिने सूचनामा जनाईएको छ । प्रहरीले योग्यता पुगेका नेपाली नागरिकलाई आवेदन दिन आह्वान पनि गरेको छ ।
खुल्लामा ५ सय ८३, आदिवासी/जनजातिलाई १ सय ५२ जना, मधेशीलाई १ सय ३४, महिलालाई ९५ जना, दलितलाई ७२ र पिछडिएको क्षेत्रबाट २४ जना गरी कुल १ हजार ६० जना सहायक निरीक्षक छनौट गरिने छ ।
दरखास्त दिनका लागि प्रहरीले मिति २०७० साल साउन ६ देखि भदौ ४ गतेसम्मको समय दिएको छ ।

प्रतिक्रिया