वार्ताका लागि पूर्वसर्त मान्दैनौं : अध्यक्ष वैद्य

mohan-baidhya-ji-1काठमाडौं, ३० असार । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले बार्ताका लागि तयार रहेपनि पूर्वसर्त आफूहरुलाई मान्य नहुँने बताएका छन् ।
‘उच्चस्तरीय राजनीतिक समिति र सरकारले कुनै सर्त अगाडि सारे हामी बार्तामा बस्दैनौं,’ उनले भने । राजधानीमा आज (आइतबार) संवाद डबलीमा युवा नेता तथा लेखक कर्णजित बुढाद्वारा लिखित ‘नाटक नै याथार्थमा बदलियो’ शीर्षकको कृति विमोचनमा अध्यक्ष बैद्यले वार्ताका माध्यमबाट निकास खोज्न आफूहरु तयार रहेको दोहर्‍याए ।
‘पार्टीले बार्ता टोली गठन गरेपनि सरकार र चार राजनीतिक दल ठोस रुपमा आएका छैनन्,’ उनको आरोप छ, ‘बाहिर हल्ला गरेर हुँदैन ।’
अध्यक्ष बैद्यले सरकार र सरकार पक्षीय पार्टी विना सर्त वार्तामा आउन तयार नदेखिएको उल्लेख गरे ।

प्रतिक्रिया