काठमाडौं, ३० असार । कांग्रेस सभापति सुशील कोइरालाले फोटोसहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आज (आइतबार) पुगेका कोइरालाले मतदाता नामावलीमा फोटोसहितको नाम दर्ता गराएका हुन् । उनी फोटोसहितको नामवाली दर्ताका लागि आफ्नो अमेरिका बसाई छोट्याएर शनिबार स्वदेश फर्किएका थिए ।
निर्वाचन आयोगले तोकेको समय भित्र सभापति कोइरालाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।
प्रतिक्रिया