मिस नेपाल–यएसए तेस्रो संस्करण

miss-nepal-us-2011न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा हुने मिस नेपाल–युएसएको तेस्रो संस्करणमा भागलिनका लागि अमेरिकामा रहेका नेपाली युवतीहरुले धमाधम नामदर्ता गराउन शुरु गरेका छन् ।
मिस नेपालमा भागलिनका लागि नामदर्ता गराउने डेडलाइन जुलाई–१५ तारिख सोमबार सकिँदैछ । नामदर्ता गराएका युवतीहरुबाट अन्तिम प्रतिस्पर्धाका लागि २० युवतीहरुको छनौट गरिने आयोजकले जानाएको छ ।
अमेरिकामा नेपालीहरुको संख्या बढ्दै जाने क्रममा अमेरिकामा रहेका नेपाली मूलका युवतीहरुका लागि प्लेटफर्मका रुपमा ३ वर्ष अघि शुरु भएको मिस नेपाल–युएसप्रति अमेरिकामा रहेका नेपाली युवतीहरुको आकर्षण बढ्दै गएको छ । प्रतियोगितामा १८ देखि २६ वर्षसम्मका युवतीहरुले भागलिन पाउँछन् । (फाईल तस्विर)

प्रतिक्रिया