एघार र पच्चीस बुँदे सहमति खारेजी हुँदैन

Jn-Khanal-Souryadailyचितवन, २८ असार । एमाले अध्यक्ष झलनाथ खनालले मंसिर–४ गते निर्वाचन हुने दोहर्‍याएका छन् ।
चितवनको भरतपुर विमानस्थलमा आज (शुक्रबार) सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष खनालले सिङ्गो मुलक निर्वाचनको तयारीमा लागेको बताए । ‘चुनाव तोकिएकै समयमा हुन्छ,’ उनले भने ।
नेकपा–माओवादीलाई समेत निर्वाचनमा ल्याउने प्रयास भइरहेको उनको भनाई छ । ‘नेकपा–माओवादीलाई निर्वाचनमा सहभागी गराउनकै लागि गोलमेच सम्मेलन बोलाउने तयारी भइरहेको छ,’ खनालले भने ।
उनले गोलमेच सम्मेलनमा सबै राजनीतिक दलले आ–आफ्नो बिचार राख्न पाउने भएपनि नेकपा–माओवादीले भने झैं ११ र २५ बुँदे सहमति भने खारेजी नहुने स्पष्ट पारे ।

प्रतिक्रिया