निर्वाचन गराउन विदेशीको दबाव : केसी

Chitra-Bahadur-KC-1काठमाडौं, २६ असार । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले तोकिएको समयमा निर्वाचन हुन नसके कसैको पनि जित नहुने बताएका छन् ।
काठमाडौंमा आज (बुधबार) आयोजित कार्यक्रममा केसीले चार राजनीतिक शक्तिले विदेशीको ईशारामा गोलमेच सम्मेलन र समानुपातिकको संख्या बढाउने निर्णय गरेरको आरोप लगाए । ‘छिमेकी चीन र भारतले पनि निर्वाचन गराउन सल्लाह दिएकाले मंसिरमा निर्वाचन हुन्छ,’ उनले भने ।
उनले असन्तुष्ट दलहरुका मागलाई वार्ता मार्फत पुरा गरिनु पर्ने बताए ।

प्रतिक्रिया