कोटेश्वरमा कन्टेनरबाट ३५ किलो सुन बरामद

gold-barsकाठमाडौं, २६ असार । प्रहरीले काठमाडौंको कोटेश्वरबाट ३५ किलो सुनसहित एकजनालाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख डिआइजी प्रकाश अर्यालले आज (बुधबार) राजधानीमा पत्रकार सम्मेलन गरेर १७ करोड रुपियाँ बराबरको सुन बरामद गरिएको जानकारी गराएका हुन् ।
बा ३ ख २५७० नम्वरको कन्टेनरमा ३५ किलो सुन ल्याएको गोप्य सूचनाका आधारमा प्रहरीले आजै खानतलासी गरेको थियो । सुन चीनको खासाबाट काठमाडौं ल्याईएको हो ।
कन्टेनरका चालक सिन्धुपाल्चोक तातोपानीका छिरिङ् तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको डिआईजी अर्यालले जानकारी दिए । सुनका असली मालिक फरार छन् ।

प्रतिक्रिया