दुग्ध किसानहरु संस्थान विरुद्ध आन्दोलित

milk-collection_gकाठमाडौं, २६ असार । दुग्ध किसानहरु नेपाल दुग्ध विकास संस्थान विरुद्धको आन्दोलनमा उत्रिएका छन् । दुग्ध विकास संस्थानले किसानहरुसँग गरेका सहमति कार्यान्वयन नगरेको आरोप लगाएर आन्दोलनमा उत्रिएका हुन् ।
राजधानीमा आज (बुधबार) पत्रकार सम्मेलन गरेर किसानहरुले संस्थानको लैनचौरस्थित कार्यालयमा बिहीवारदेखि अनिश्चतकालीन धर्ना बस्ने जानकारी दिए । धर्नाका लागि २१ जिल्लाका करीब ५ सय किसान झिटी गुण्टासहित काठमाडौ आएका छन् ।
आन्दोलनको नेतृत्व राष्ट्रिय माई जागरण समितिले गरेको छ । समितिमा दुग्ध उत्पादन क्षेत्रमा क्रियाशील ४४ वटा सहकारी आबद्ध छन् ।
संस्थानले किसानलाई गाई खरिद गर्न दिएको ऋणमा साढे ४ प्रतिशत ब्याजमा अनुदान दिने, ३ वर्षसम्म गाईको शतप्रतिशत बीमा, गाई पाल्ने महिलाको १२ वर्षसम्म ५० प्रतिशत बीमा लगायतका सहमति कार्यान्वयन नगरेको किसानहरुको आरोप छ ।

प्रतिक्रिया