‘जोय पपाया सन ग्ल्याम हण्ट–२०१३’

Glam_Hunt_Logo_Finalकाठमाडौं । कुनै पनि कम्पनीले आफ्नो उत्पादनको प्रवद्र्धन गर्नका लागि सेलिब्रटीलाई ‘ब्राण्ड एम्बासेडर’का रूपमा राख्ने गरिन्छ । तर नेपालमै पहिलोपटक भारतीय एककम्पनीले आफ्ना लागि ‘ब्राण्ड एम्बासेडर’ राख्नका लागि मोडलबीच वृहत प्रतिष्पर्धा आयोजना गर्ने भएको छ ।
भारतीय श्रृंगार कम्पनी ‘जोय पपाया सन’ले नेपालका १३ मोडल युवतीलाई र्‍याम्पमा उतार्दै छ । उनीहरूको क्षमताका आधारमा एकयुवतीलाई ‘साप्ताहिक जोय पपाया सन ग्ल्याम हण्ट–२०१३’ घोषित गरी ‘ब्राण्ड एम्बासेडर’ बनाउने भएको हो ।
साउन–१९ गते राजधानीमा आयोजना हुन लागेको प्रतियोगिताको व्यवस्थापन जिम्मेवारी विभिन्न सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएको संस्था इप्लानेटले पाएको छ । आयोजकले नेपालका उपभोक्ताबीच कम्पनीको सम्बन्ध स्थापित गर्न र बजारमा उत्पादनको प्रचार गर्न कार्यक्रम आयोजना गर्न लागेको इप्लानेटका अध्यक्ष सन्तोष सापकोटाले जानकारी दिए ।
‘फाइनलमा प्रतिष्पर्धा गर्नका लागि सहभागी मोडललाई ग्रुमिङको कक्षासँगै प्रतियोगिताको पूर्व तयारीका लागि विभिन्न प्रशिक्षण दिईनेछ । कोरियोग्राफरद्वय रोजिन शाक्य र अश्विीनी झाले प्रमुख रुपमा जिम्मेवारी निर्वाह गर्ने छन् ।
सुन्दरता, व्यक्तित्व, व्यवहार, ग्ल्यामर, स्टाइल सेन्स, हिडाई, आत्मविश्वास, बौद्धिकता र बोल्ने क्षमताका आधारमा सहभागी मध्ये एकजना मोडललाई विजेताका रुपमा चयन गरिनेछ सापकोटाले जानकारी गराए ।
परिचयात्मक राउण्डमा बर्थअन्र्तगत बड एण्ड फ्लावरमा १३ मोडलले मेवा फलको रंगका लुगा लगाउनेछन् । यो राउण्डमा उनीहरूले पहिरनमार्फत मेवाको उत्पत्तिसँगै मानवको उत्पत्ति हुँदा उसको छालामा देखिएको मेवाको रंगसँग तुलना गर्नेछन् ।
यसका अलावा मोडलले साना परीको पहिरनजस्तै लुगा लगाउने छन् ।
प्रश्नउत्तर राउण्डमा यङ एजअन्तर्गत यङ पपायामा मोडलहरू गाढा हरियो मेवा रंगको पहिरनमा र्‍याम्पमा देखिने छन् । यो राउण्डमा मोडलहरू डिजाइनरले तयार पारेका विभिन्न गाढा हरियो रंगको पहिरनमा युवावस्थाको मेवालाई चित्रण गर्दै प्रस्तुत हुनेछन् । उनीहरूले मानवको युवावस्थालाई पनि पहिरनमार्फत देखाउने छन् । यसमा मोडलले युवावस्थामा लगाइने ग्ल्यामरस शैलीको पहिरन पनि प्रस्तुत गर्ने छन् ।
स्टेजअफ लाईफअन्तर्गत सिजन्समा विभिन्न चार सिजनका विभिन्न रंग पोतिएका पहिरनमा सबै मोडल स्टेजमा देखिने छन् । यो राउण्डमा एकमोडलले विभिन्न सिजनका पहिरन प्रस्तुत गर्दै त्यसलाई मेवाको फेरिएको रंगसँग तुलना गर्ने छन् ।
मोडलले वर्षमा आउने विभिन्न मौसमलाई पनि पहिरन मार्फत प्रस्तुत गर्ने छन् र यसमा पहिरनको रंगमा कुनै सीमा तोकिएको छैन ।
अन्तिम राउण्ड अन्तर्गत लिखित प्रश्नोत्तर चरणमा मेच्युरिटीको रिपेन पपायामा मोडलहरू विभिन्न रंगका साडीमा प्रस्तुत हुने छन् । उनीहरूले मेवाको वयस्क अवस्थामा आउने परिवर्तनलाई देखाउने छन् । यो राउण्डमा उनीहरूले हरियो रंग र मेवाका विभिन्न रंग (जस्तै रातो, पहेलो र सुन्तला) रंगको पहिरन प्रस्तुत गर्ने छन् ।
प्रतियोगितामा उपाधि विजेता मोडलले ५० हजार रूपियाँसहित ताज, जोय पपाया सनको लागि मोडलको एकवर्षे कन्ट्रयाक्ट र विभिन्न गिफ्ट ह्याम्पर पाउने छिन् । फष्ट र सेकेण्ड रनरअपले क्रमश: २५ हजार र ११ हजार रूपियाँसँगै उपाधि र गिफ्ट ह्याम्पर पाउने छन् ।
यसबाहेक विधागत रूपमा बेष्ट स्किन, बेष्ट स्माइल र बेष्ट पर्सनालिटी अवार्ड विजेताले पनि नगद र ट्रफी प्राप्त गर्ने छन् ।
इप्लानेट नेपाली राष्ट्रिय क्षेत्रीयस्तरका थुप्रै सौन्दर्य प्रतियोगिताहरू लिटिल मिस पूर्वाञ्चल, लिटिल मिस लुम्बिनी, मिस लुम्बिनी, लिटिल मिस भेरी, मिस नेपालगञ्ज लिटिल मिस नेपाल, मिस टिन, मिसेज नेपाल, मिस नेपाल युएसए, पोइन्ट लाइन मिस टिन र रिद्धि सिद्धि मिस टिन आयोजना गरिसकेको छ ।
यसैगरी, नेपालमै पहिलो पटक एक साथ चार राष्ट्रिय कार्यक्रम लिटिल मिस नेपाल, मिस टिन इन्टरनेशनल, मिस इन्टरनेशनल सम्पन्न गरेको थियो । विजेता, उपविजेताहरुलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पठाउने गरेको छ ।
यसै क्रममा जुन–१६ सम्पन्न चिल्ड्रेन अफ युनिभर्समा नेपालका तर्फबाट प्रतिनिधित्व गर्दै गएकी रोजा पाण्डेले शीर्ष उपाधिसहित मिस पर्सनालिटी, पराग काफ्ले फष्ट रनरअप हुँदै ट्यालेन्ट अवार्ड, अनिशा थापा स्टार फष्ट रनरअप, दिव्येश्वरी भट्टराईले ग्रेस फष्ट रनरअपको उपाधि जितेका थिए ।

प्रतिक्रिया