सहकारीमार्फत मल उपलब्ध

चितवन । चितवनमा यसवर्ष २५ करोड रुपियाँ बराबरको रासायनिक मल विक्री गरेकोको कृषि सामग्री कम्पनीले जनाएको छ । देशभर मल पुर्‍याउने जिम्मा लिएको कम्पनीले चितवनमा ८० वटा सहकारीमार्फत मल उपलब्ध गराएको हो ।

सरकारले पर्याप्त अनुदान नदिंदा र सर्वसुलभ वितरणको नीति नहुँदा मूख्य बाली धान लगाउने बेला देशभर मल अभाव चर्किने गरेकामा यसवर्ष भने मल अभाव भएको छैन ।

चितवनमा गतवर्ष ३ हजार ३ सय मेट्रिक टन रासायनिक मल खपत भएकोमा यस आर्थिकवर्षमा ७ हजार ५ सय मेट्रिक टन खपत भइसकेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया