उदयपुरमा शिशुको शव फेला

Udayapur Districtउदयपुर, २५ असार । मुसलधारे बर्षासँगै सरस्वती खोलामा आएको बाढीले बगाउँदा उदयपुरको त्रियुगा नगरपालिका—१५, भाण्टाबारीमा कजवेमा लडेर एकबृद्धाको मृत्यू भएको छ ।
कजवे तर्न लाग्दा आज (मंगलबार) जाल्पा चिलाउने–८ का ७२ बर्षीय तुलबहादुर राईको मृत्यू भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ठूलो बाढी आएको बेला एक्कासि खोलातर्न लाग्दा राईको मृत्यू भएको हो ।
उता, गाईघाट बजारमा आजै (मंगलबार) नवजात शिशुको शव फेला परेको छ । भर्खरै जन्माएर फालेको जस्तो देखिने शिशुको शवलाई बजारको नालाले बगाएर ल्याएको अवस्थामा स्थानीयलाले फेलापारी प्रहरीलाई खवर गरेका थिए ।
अन्दाजी छ महिनाको जस्तो देखिने शिशु कसैले जन्माएर फालेको हो खुल्न नसकेको प्रहरी सहायक निरीक्षक जितबहादुर राईले बताए । शिशुको अनुहार मंगोलियन जस्तो देखिएको प्रहरी भनाई छ ।

प्रतिक्रिया