विश्व

रेफ्री, खेलाडी र समर्थकवीच झडप

सौर्य अनलाइन २०७० असार २४ गते ३:४२ मा प्रकाशित

ब्राजिल । ब्राजिलको एउटा दुर्गमा गाँउमा फुटबल म्याचको दौरान रेफ्री, खेलाडी र समर्थकवीच झडप हुँदा दुई जनाको मृत्यु भएको छ । घटना गत जुन ३० तारीखको भएपनि भर्खरै चर्चामा आएको छ ।

दुर्गम पियो जी गाँउमा एउटा गैर व्यवसायीक खेलको दौरान रेफ्री ओटाभियो डा सिल्भाले खेलाडी जोसेनीर डस सान्तोषलाई रातो कार्ड देखाए ।

तर खेलाडी सान्तोषले मैदान छाड्न नमानेपछि रेफ्री र खेलाडीवीच झगडा भयो । झगडा लगत्तै रेफ्री डा सिल्भाले खेलाडी जोसेनीरलाई चक्कु प्रहार गरे ।

आक्रोशीत समर्थकहरुको एउटा समुहले रेफ्रीमाथी ढुंगा मुढा सहित आक्रमण गर्दा रेफ्री डा सिल्भाको मृत्यु भयो । रेफ्रीको चक्कु प्रहारबाट घाईते खेलाडी जोसेनीरको पनि अस्पताल लैजाँदै गर्दा बाटोमा नैं मृत्यु भयो । प्रहरीले घटनामा संलग्न एक जनालाई पक्राउ गरेर अनुसन्धान गरीरहेको बताईएको छ ।

 

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय