ओछ्यान तताउने होइन चिस्याउनु पर्छ : नीता

Neeta-Dhunganaकाठमाडौं । ‘नोटबुक’ चलचित्रबाट चर्चामा रहेकी नायिका नीता ढुङ्गानाले आफ्नै बलवुताले कलाकार भएको दाबी गर्छिन् ।
‘म हिरोइन बन्नुमा मेरो आफ्नै हात छ,’ एक अन्तर्वातामा उनले भनिन्, ‘मलाई कसैले टिपेर ल्याएको होइन ।’ उनले कलाकारितामा लागे पछि धेरैले साथ दिएको बताईन् ।
नायिका नीताले चलचित्रकै लागि आफूले कसैको ओछ्याउँन नतताएको दाबी गरिन् । ‘कसैको ओछ्यान तताउने चै होइन चिस्याउँने काम भने गर्नुपर्छ,’ उनको भनाई छ, ‘अरुले के गरे मलाइ थाहा छैन । म सानै देखि यो क्षेत्रमा लागेकाले मलाई कोही सामु झुक्नु परेन ।’
नीताले आफूमा खुबी भएपछि निर्माता निर्देशक आफै झुकेर आउँने बताउँछिन् । उनले पछिल्लो समयमा देखिए जस्तो सिनेमामा बोल्ड सिन नदिने बताईन । ‘म सेक्सी छैन,’ उनले भनिन्, ‘जस्तोपायो त्यस्तो कपडा लगाए मलाई सुहाउँदैन ।’
उनले प्रेमी आजसम्म नबनाएको बताएकी छन । ‘प्रेमी बनाउँनु भन्दा नबनाउँदा नै फाइदा देख्छु,’ नीताको भनाई छ, ‘उमेर पुगेकी केटी मानिस भएपछि बिहे गर्ने सोचाई त आइहाल्छ नि ।’

प्रतिक्रिया