बाढी/पहिरोले दैलेखका १७ विद्यालय जोखिममा

Dailekha Districtदैलेख, २३ असार । दैलेख जिल्लाका १७ वटा विद्यालय बाढी/पहिरोको उच्च जोखिममा परेका छन् ।
विद्यालय जोखिममा परे पछि शिक्षा विभाग र भौतिक सेवा शाखा सानोठिमी भक्तपुरलाई जानकारी दिएको दैलेखका जिल्ला शिक्षा अधिकारी अम्विकाप्रसाद आचार्यले बताए । आर्चायका अनुसार बाढी र पहिरोका कारण जिल्लामा ८ सय ५७ विद्यार्थीको पढाईबाट बञ्चित भएका छन् ।
लगातार चार दिनको भारि बर्षा पछि असार चार गते रामघाट गाडमा आएको बाढीले सत्यसंग्राम प्राविको विद्यालयको भवनमा क्षतिपुगेको छ । बाढीले स्कुलका शैक्षिक सामाग्री नष्ट गरेको छ ।
बाढी, पहिरोले नेपाल राष्ट्रिय निमावि बडाखोला, हिमालय निमावि तिजडाडा, भैरब प्रावि भिरमान्म, आदर्श उमावि घुम्नेखाली, सरस्वाती निमावि खार, कालिका मावि जगन्नाथ, महादेब मावि कुसापानी, पुष्पलाल प्रावि कुसापानी, भानेश्वर मावि नाउले कटुवाल गाउँलाई प्रभावित बनाएको छ ।
आदर्श प्रावि हाडाकोट, लक्ष्मी प्रावि पैयागाउँ, सत्यसंग्राम प्रावि रामघाट, ताराखसे प्रावि सेरी, धर्मदेब मावि आयरपाट, जनप्रेमी प्रावि दहगाउँ, नेरानि मावि कुमालखाडा र जनता प्रावि गौरी विद्यालय पनि जोखिममा छन् ।

प्रतिक्रिया