‘वार्ता’मा समिति हदैसम्मको लचिलो बन्ने

4 dal ka ne ji haruकाठमाडौं, २२ असार । उच्चस्तरीय राजनीतिक समितिले नेकपा–माओवादीलाई वार्तामा ल्याएर निर्वाचनमा सहभागी गराउन अधिकतम लचकता अपनाउने निर्णय गरेको छ ।
काठमाडौंको नयाँ बानेश्वरमा आज (शनिबार) बसेको समिति बैठकले नेकपा–माओवादीका जायज मागलाई सम्बोधन गर्ने निर्णय गरेको हो ।
‘असन्तुष्ट दलहरुलाई मंसिर–४ गतेको चुनावमा सामेल गराउन हदैसम्म लचिलो बन्ने निर्णय भएको छ,’ एकनेताले भने, ‘तर वर्तमान सरकारको विकल्प खोज्न सकिँदैनन ।’
नेकपा–माओवादीले निर्वाचन विथोल्ने निर्णय गरे पछि आत्तिएको समितिले वार्तामा जोड दिएको हो । समितिले अन्य आन्दोलनरत दलहरुलाई पनि निर्वाचनमा सहभागी गराउन पहल गर्ने छ ।

प्रतिक्रिया