बाढीले तीन दर्जन घर डुबानमा

Duban-Saptariराजविराज, २२ असार । अविरल वर्षासँगै सुन्दरी र मुहली खोलमा आएको बाढीका कारण सप्तरीका तीनदर्जन भन्दा बढि घर डुवानमा परेका छन् । बाढीले लाखौंको धनमालमा क्षति पुर्‍याएको छ ।

स्थानीय सुन्दरी खोलामा शुक्रवारदेखि लगातार आएको बाढीले बरमझिया–२ का तीनदर्जन घर डुवानमा परेका हुन् । बाढीका कारण खोलाको निकास परिवर्तन भई गाउँमा पानी प्रवेश गरेको हो ।
खोलाको बाँध भत्किए पछि ५० मिटर पूर्वमा रहेको गाउँका १६ परिवारका ३६ वटा घर डुबानमा परेको पीडितहरुले जनाएका छन् ।
बाढीले आज (शनिबार) बिहान साविक भन्दा ५० मिटर पूर्व अर्को ठाउँमा बाँध फुटाएर पानी गाउँ प्रवेश गरेको स्थानीयको भनाई छ ।
मैनाकडेरी–८ र बरमझिया–८ का झण्डै एकसय घर बाढीले जोखिममा परेको स्थानीय खुशिलाल बिराजीले जानकारी दिए । बाढी प्रवेश गरेका स्थानमा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेलले जानकारी दिए ।
बक्धुवा–४ स्थित महुली खोलाको बाध भत्किएर वडा नम्बर ५ को मुसहर बस्ती डुवान भएको छ । बाढीले स्थानीयका ७ वटा घर डुवेको प्रहरी चौकी महुलीले जनाएको छ ।

प्रतिक्रिया