कांग्रेसका कारण सबैको पहुँचमा शिक्षा : सिंह

prakashman shing 1काठमाडौं, २२ असार । नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले मुलुकको राजनीतिक अस्थिरता अन्त्य गर्न संविधानसभा निर्वाचन तोकिएकै समयमा गर्नुपर्ने दोहर्‍याएका छन् ।
कांग्रेस काठमाडौंको १७ वार्ड ईकाई समितिले आज (शनिबार) राजधानीमा आयोजना गरेको कार्यक्रममा महामन्त्री सिंहले निर्वाचनमा सबै पक्षलाई समेटेर लैजाने वातावरण बनाउन आग्रह गरे । ‘निर्वाचनमा सबैलाई समेट्न चार राजनीतिक शक्ति र सरकारले पहल गर्नुपर्छ,’ उनले भने, ‘सरकारले असन्तुष्ट दलहरुसँग वार्ताको वातावरण बनाउनु पर्छ ।’
महामन्त्री सिंहले २०४६ सालको परिवर्तन पछि कांग्रेसको खुल्ला शिक्षा नीतिले सबैले पढ्न पाउने अवसर पाएको बताए । ‘कांग्रेसले शिक्षामा लिएको खुल्ला शिक्षानीतिले गर्दा गाउँ/टोलीमा विद्यालय खुल्न पाए,’ उनले भने, ‘कांग्रेसले अब व्यवहारिक, वैज्ञानिक र नि:शुल्क शिक्षा तर्फ ध्यान दिनु पर्छ ।’
उनले कांग्रेसकै कारण सबैको शिक्षामा सहज पहुँच भएको दाबी गरे ।
यसैबीच, महामन्त्री सिंहले एसएलसी परीक्षामा उत्कृष्ट नम्वर ल्याउने १ सय २० विद्यार्थीलाई सम्मान गरेका छन् ।

प्रतिक्रिया