आर्थिक विकासमा अध्यक्ष रेग्मीको जोड

Khilraj-Regmi'sकाठमाडौं, २१ असार । मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले दिगो विकासका लागि आर्थिक विकासमा ध्यान दिनुपर्ने बताएका छन् ।
राष्ट्रिय योजना आयोगको १३ औं योजनाले आज (शुक्रबार) सिंहदरबारमा आयोजना गरेको छलफलमा गरिबी निवारण र सामाजिक बञ्चितिकरण जस्ता समस्या समाधानमा केन्द्रित हुनु पर्ने बताए । ‘आगामी योजना दिगो आर्थिक विकाससहितको गरिबी न्यूनिकरणमा केन्द्रित हुनु पर्छ,’ उनले भने ।
रेग्मीले सन् २०२२ सम्ममा नेपाललाई अतिकम विकाशील राष्ट्रबाट माथि उठाउनु पर्ने बताए । उनले गरिबी निवारणका लागि सरकारले महत्वका साथ योजना ल्याउने गरेको बताए ।

प्रतिक्रिया