जीवनलीला, द रेप र सुट रिलिज

Soniya Kcकाठमाडौं । जीवनलीला, द रेप र सुट नामक तीन नेपाली चलचित्र आज (शुक्रबार) देखि मुलुक भरि एकैसाथ रिलिज भएका छन् ।
तीनचलचित्र एकआपसमा भिड्दै छन् । ‘जीवनलीला’ लाहुरे संस्कृतिको कथावस्तुलाई समेटेर निर्माण भएको चलचित्र हो । प्रितम गुरुङद्वारा निर्देशित ‘जीवनलीला’मा पेन्सन लाहुरे र उसको एक्लो छोराको कथा समेटिएको छ ।
विनय लामा, कुन्ती सुब्बा, सोनिया केसी, सावित्रा गुरुङ, विवेक बुढामगर, पूर्ण राना, किरण चित्रकार, निर्मला केसी र हेमबहादुर गाहालगायतका कलाकारको अभिनय गरेका छन् ।
त्यसै गरी, शारीरिक शोषणमात्र बलात्कार नभएर मानसिक र भावनात्मक शोषण पनि बलात्कार हुने कथा बोकेको चलचित्र ‘द रेप’ पनि रिलिज भएको छ । यसलाई मनोज श्रेष्ठले निर्देशन गरेका हुन् ।
‘द रेप’मा प्रतिक्षा नेपाली, कविता राना, कमल ज्ञवाली र रामकुमार रणपाललगायतका कलाकारको अभिनय छ ।
नेपाली चलचित्र ‘सुट’ पनि रिलिज भएको छ । विश्वदीप घिमिरेले निर्देशन गरेको सो चलचित्रमा अनुष्का खड्का र हेमन्तकुमार श्रेष्ठले लगानी गरेका छन् ।
दीपक क्षेत्री, निदेशजंग खड्का, सुरज रानाभाट, विशाल पोखरेल, नीता पोखरेल, आयुष राई, रञ्जीता लिम्बु र जिएस पाण्डेले चलचित्रमा अभिनय गरेका छन् ।

प्रतिक्रिया