चुरोट काराखानाका कर्मचारीलाई अवकास

simhadarbar
काठमाडौं, २० असार । सरकारले जनकपुर चुरोट कारखाना लिमिटेडका कर्मचारीलाई एकमुष्ट रकम दिएर अवकास दिने निर्णय गरेको छ ।
सिंहदरबारमा आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले बन्द रहेको चुरोट कारखानाका कर्मचारीलाई रकम दिएर विदा गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री माधव पौडेलले जानकारी दिए । उनीहरुलाई असार–२० देखि लागू हुने गरेर अवकास दिईने छ ।
केही बर्षदेखि बन्द रहेको चुरोट कारखानाका कर्मचारीले तलव बुझ्दै आएका छन् । बैठकले चुरोट कारखानाको सञ्चालक समितिलाई पनि विघठन गरेको छ ।
सरकारको स्वामित्वमा रहेको जनकपुर चुरोट कारखाना राजनीतिक हस्तक्षेप र दवावका कारण बन्द हुने अवस्थामा पुगेको हो । कुनै समय गैंडा छापा, याकलगायतका ब्राण्डका चुरोट उत्पादन गर्ने जनकपुर चुरोट कारखाना राम्रो मुनामा थियो ।
सरकारले भानुभक्त प्रतिष्ठनलाई १५ लाख रुपियाँ दिने निर्णय पनि गरेको छ ।

अर्थमन्त्रालयले अनुमति मागे अनुसार सरकारले राष्ट्रिय मुद्रा संग्रहालयको स्वर्ण जयन्तीका उपलक्ष्यमा ५० रुपियाँका २ हजार थान सुनका सिक्का तथा नेपाल रेडक्रस सोसाइटीको स्वर्ण जयन्तीको उपलक्ष्यमा १ हजार दरका चाँदीका सिक्का २ हजार थान निकाल्न स्वीकृत दिएको छ ।

प्रतिक्रिया