बस दुर्घटनामा १७ घाईते, चालक /सहचालक फरार

हेटौंडा, १९ असार । हेटौडा–नारायणघाट सडकखण्डको ज्यामिरेमा यात्रुबस दुर्घटना हुदा १७ जना गम्भीर घाइते भएका छन् । काठमाडौबाट जनकपुरतर्फ गइरहेको बस अनियन्त्रित भई आज बिहान सडकमा पल्टिएको थियो । घाइतेको चितवनस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बस दुर्घटनापछि चालक र सहचालक भने फरार रहेका छन् । उनीहरुको खोजी कार्य भईरहेको प्रहरीले बताएको छ

प्रतिक्रिया